भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे
राष्ट्रिय समाचार समिति

असोज १८, २०८३

काठमाडौँ। भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको स्थापना, संरक्षणलगायत क्षेत्रमा लामो समयदेखि घनिष्ठ सम्बन्ध र सहकार्य रहँदै आएको बताउनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा सभापति गगनकुमार थापालाई शुभकामना सन्देश पठाउँदै अध्यक्ष खड्गेले दुई देशका राजनीतिक दलबीचको लोकतान्त्रिक सहकार्यको स्मरण गर्नुभएको हो । उहाँले कांग्रेसको महाधिवेशन संस्थापक नेता बिपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य(मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो ।
“राष्ट्रिय महाधिवेशन वास्तवमा तपाईंका संस्थापक स्वर्गीय बिपी कोइरालाले अगाडि बढाउनुभएको लोकतान्त्रिक मूल्य(मान्यता, नागरिक स्वतन्त्रता र सामाजिक न्यायका साथै लोकतान्त्रिक संस्थाहरूको निरन्तर सुदृढीकरणबारे विचार(विमर्श गर्ने महत्त्वपूर्ण अवसर हो”, अध्यक्ष खड्गेले सन्देशमा भन्नुभयो ।
उहाँले भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रको हितमा आपसी समझदारी, ऐक्यबद्धता र सहकार्यको लामो तथा घनिष्ठ इतिहास रहेको उल्लेख गर्नुभयो । “म यी सम्बन्धहरू र हाम्रा दुई पार्टी तथा दुई देशबीचको स्थायी सम्बन्धलाई उच्च सम्मान गर्दछु”, अध्यक्ष खड्गेले भन्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः अध्यक्ष खड्गे

कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

बाढीले डुबाएको घर सफा गर्दै दक्षिण कोरियाली स्वयंसेवक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति