काठमाडौँ। नेपाली कांग्रेसको नेता तथा उद्योगपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
आइतबारदेखि जारी १५ औं महाधिवेशनमा चौधरीले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
विधान संशोधन गरेर उपसभापतिसहितका पद थप्ने तयारी भएपछि केन्द्रीय सदस्य चौधरीले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका छन् ।
१४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित चौधरी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा दोहोरिएका थिए।
कांग्रेसमा एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री र खुलातर्फ दुई सहमहामन्त्री गरी पाँच जना पदाधिकारी थप्न विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ।
कांग्रेसको विधानमा हाल एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ जना सहमहामन्त्रीको व्यवस्था छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0