धादिङ। भदौ १० गतेको बाढीले क्षतिग्रस्त बनेको धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको कोल्पुखोला पुल । गल्छी त्रिशूली मैलुङ सडकखण्ड अन्तर्गत नुवाकोट हुँदै रसुवा जाने मुख्य सडक यहि हो । यहाँ ओहोरदोहोर गर्न नयाँ र पुरानो गरि २ वटा पक्की पुल थियो । पुरानो पुल कामै नलाग्नेगरी भाँचिएको छ । संगै रहेको नयाँ पुलमा बाढीको छालले उचालेर चिप र ढलान छुट्याइदिएको छ । यहि जोखिमपूर्ण पुलबाट दैनिक सवारीसाधान आउजाउ गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, राहत बोक्ने, औषधि उपचारका सामाग्री ढुवानी गर्ने सवारीसाधन यहि पुलबाट आवतजावत हुँदै आएको छ । सरकारले मर्मतको काम भर्खर सुरु गरेको छ ।
तस्बिरहरु : शंकर श्रेष्ठ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0








