नेपाली प्रतिनिधिमण्डलद्वारा जलवायुजन्य आपत्कालीन एजेन्डामा छलफल
राष्ट्रिय समाचार समिति

असोज २०, २०८३

काठमाडौँ। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा भाग लिन तान्जानियाको अरूसा पुगेको नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी र त्रिशूली बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको विपद्लाई केन्द्रित गरी जलवायु आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ ।
छलफलका क्रममा जलवायुजन्य विपद्बाट प्रभावित तथा संवेदनशील क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तरराष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको सभामुख डोलप्रसाद ९डीपी० अर्यालको सचिवालयले जनाएको छ ।
सम्बन्धित प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन नेपालले विभिन्न सदस्य राष्ट्रसँग छलफल गरी समर्थन जुटाउने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा पदम पोखरेल

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन रास्वपा दृढ छ : खरेल

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति