विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन रास्वपा दृढ छ : खरेल
पाविलन्युज

असोज २०, २०८३

धादिङ । पूर्व संचारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने कुरामा आफुहरु दृढ रहेको बताएका छन् ।

रास्वपाले चलाएको ‘हामी आउँदैछौं’ अभियानको क्रममा धादिङ आएका खरेलले प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिलाउन आफूहरू दृढ रहेको बताएका हुन् ।

विदेशमा बसोबास गरिरहेका नेपालीहरू पनि देशकै अभिन्न हिस्सा भएको र उनीहरूलाई नागरिकताको अधिकार, लगानीको अधिकार तथा भोट हाल्ने अधिकार उपलब्ध गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी दृढताका साथ उभिने खरेलले उल्लेख गरे ।

No data was found

सरकारले गरिरहेको गतिविधिबारे बोल्दै पूर्व संचारमन्त्री खरेलले सरकारले पछिल्लो छ महिनाको अवधिमा सुशासन र विकासका निम्ति आशातीत आधारशिला निर्माण गरेको दाबी गरे ।

अबका दिनमा सरकार द्रुत गतिमा अगाडि बढ्ने, संसद र पार्टीले जनतालाई कुनै पनि धोका नदिने तथा जनताका सपनाहरूलाई साकार पार्ने बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा पदम पोखरेल

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन रास्वपा दृढ छ : खरेल

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

यो पनि पढ्नुहोस
पाविलन्युज