धादिङ । नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरले नीलकण्ठ नगरपालिकाको सभापतिमा पदम पोखरेललाई चयन गरेको छ ।
१५औँ नियमित महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न भेलाले पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा सरस्वती कोईराला, सचिवमा भिम बहादुर मगर चयन भएका छन् । सदस्यमा चेतबाहदुर थापा क्षेत्री, विष्णु प्रसाद पोखरेल भग्वती ढकाल, पूर्णमान बराइली, भझबहादुर श्रेष्ठ र शेर बहादुर थापा मगर चयन भएका छन् ।
वडा अधिवेशन सम्पन्न गरेर पालिका अधिवेशन सुरु गरेको नियमित महाधिवेशन पक्षधर (शेरबहादुर देउवा) कांग्रेसले यही असोज २२ र २३ गते क्षेत्रीय अधिवेशन गर्ने तयारी गरेको छ । ‘हामी नियमित महाधिवेशन पक्षधर कांग्रेस हौँ, हामी अदालतको निर्णय पर्खिरहेका छौं । रुख र चार तारा झाण्ड पाएको दिन हामी भाडाको कार्यालय छोडेर धादिङबेसीको पार्टी कार्यालय जानेछौं’, धादिङ जिल्ला संयोजक गोपाल विश्वकर्माले भने ।