सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट
राष्ट्रिय समाचार समिति

असोज २१, २०८३

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग थप विस्तार सञ्चारमन्त्रीले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताउनुभयो ।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिनुभयो । उहाँले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिनुभएको थियो ।

No data was found

साथै उहाँहरूबीच ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

किशोरसिंहले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, गगन थापालाई समर्थन

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति