नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रिय समाचार समिति

असोज २१, २०८३

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३८ अङ्कले घटेर दुई हजार ५७२ दशमलव ३४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अङ्कले घटेर ४६१ दशमलव २२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १७७ दशमलव ४५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर १५५ दशमलव ६५ मा पुगेको छ ।

No data was found

आज विभिन्न कम्पनीका एक करोड तीन लाख ६८८ कित्ता सेयर रु तीन अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये एक उपसमूह बढ्यो भने १२ उपसमूह घटेको छ । आज १०० कम्पनीको शेयर बढ्यो भने १६७ कम्पनीको शेयर घट्यो । त्यसैगरी १२ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस १५औँ महाधिवेशनः उपसभापतिका उम्मेदवार चालिसेद्वारा उम्मेदवारी फिर्ता

सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यक छ : सञ्चारमन्त्री

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

किशोरसिंहले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी, गगन थापालाई समर्थन

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति