काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनका लागि उपसभापति पदमा उम्मेदवारी दिनुभएका देवराज चालिसेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
चालिसेले आज उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । यसअघि मङ्गलबार उहाँले निर्धारित समयमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । चालिसे हाल कांग्रेसका प्रवक्ता समेत हुनुहुन्छ ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुँदैछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0