साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
राष्ट्रिय समाचार समिति

असोज २२, २०८३

काठमाडौँ। साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।

उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।
मन्त्री पुनले उक्त सहयोगका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत् मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो ।

केएस रिलिफको विशेषज्ञ टोलीले सम्बन्धित नेपाली निकायसँग समन्वय गरी उक्त मानवीय सहायता सामग्री भोटेकोशी बाढीपीडितलाई वितरण गर्ने यहाँस्थित साउदी राजदूतावासले जनाएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

काष्टे खोलामा ४ करोड ८९ लाखको लागतमा पुल बन्ने

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

बाढीले पुल बगाएपछि त्रिशूलीपारिको जोखिमपूर्ण तुइन यात्रा

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति