बाढीले पुल बगाएपछि त्रिशूलीपारिको जोखिमपूर्ण तुइन यात्रा
शंकर श्रेष्ठ

असोज २२, २०८३

धादिङ । भदौ १० गतेको बाढीले त्रिशूली नदीमाथिका अधिकांश पुल बगाएपछि नुवाकोटका स्थानीय अझैपनि ज्यान जोखिममा पारेर तुइनको भरमा यात्रा गर्न बाध्य भएका छन् ।

नदी वारपार गर्ने पुलहरू बगेसँगै विशेषगरी विदुर नगरपालिका–१ र ९ का बासिन्दालाई त्रिशूली तर्न तुइन र जिपलाइन बाहेक अर्को विकल्प छैन । खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री त्रिशूली बजारतर्फ लैजान होस् वा त्रिशूली बजारबाट विदुरको ढुंगे वा रसुवा जान, हरेक काममा नागरिकले दैनिक ज्यानै जोखिममा राखेर तुइनकै साहारा लिनुपरेको छ ।

बाढीले पु¥याएको क्षतिपछि त्रिशूली नदी वारीपारीका बस्ती र बजार जोड्न विदुर नगरपालिका–१ इन्द्रायणीघाटमा दुई वटा आधुनिक तुइन र एउटा जिपलाइन जडान गरी सञ्चालनमा ल्याइएको छ । यसबाहेक, विदुर वडा नं ४ र १२ जोडने सिमचौर तथा वडा नं ५ र ३ जोडने देवीघाटमा पनि तुइन नै आवातजावतको मुख्य माध्यम बनेको छ ।

No data was found

बाढीले क्षति पु¥याएको ४३ दिन भयो । राज्यको ध्यान समयमै नपुग्दा यी बस्तीका बासिन्दाहरू अझै जोखिमपूर्ण तुइनको भर पर्न विवश छन् ।

तस्बिरहरूः शंकर श्रेष्ठ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

काष्टे खोलामा ४ करोड ८९ लाखको लागतमा पुल बन्ने

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

बाढीले पुल बगाएपछि त्रिशूलीपारिको जोखिमपूर्ण तुइन यात्रा

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ