कांग्रेस १५औं महाधिवेशनमा धादिङबाट ३ सहमहामन्त्रीसहित १२ जना मैदानमा
पाविलन्युज

असोज २३, २०८३

काठमाडौ । काठमाडौमा जारी नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा धादिङ जिल्लाबाट ३ सहमहामन्त्रीसहित १२ जना चुनावी मैदानमा उत्रिएका छन् ।

अब बन्ने नयाँ कार्यसमितिको सहमहामन्त्रीमा दिलमान पाख्रिन, रमेश धमला र बाबुकृष्ण सापकोटा उम्मेदवार छन् । केन्द्रीय सदस्यमा  भीमप्रसाद ढुङ्गाना, राधाकृष्ण भण्डारी, उर्मिला थपलिया, रिता थापामगर, रमेश विश्वकर्मा, कृष्ण रिजाल, कविता इटनी, उर्मिला कँडेल र मधुकुमार श्रेष्ठ उम्मेदवार छन् ।

नयाँ कार्यसमितिको लागि आज मतदान हुँदैछ । निवर्तमान सभापति गगन थापाले महाधिवेशनमा कुनै गुट उपगुट नभएको प्रष्ट्याईरहँदा धादिङबाट उम्मेदवार बनेका पूर्वमन्त्री देखि कलाकारसम्म सबै आ-आफ्नो तरिकाले मत मागिरहेका छन् ।

No data was found

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । गत सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ । महाधिवेशन प्रतिनिधिहरु ७ हजार ३१७ छन् ।

आज हुने मतदानमा एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धदिङको गलौदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

यो पनि पढ्नुहोस
पाविलन्युज