कांग्रेस १५औं महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
राष्ट्रिय समाचार समिति

असोज २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टामा कुल १ हजार २९३ मत खसेको छ । शुक्रवार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी सुरु भएको हो ।

मतदानका लागि खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधि र प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धदिङको गलौदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति