काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ ।
निर्वाचन समितिका अनुसार विभिन्न प्रदेश तथा समूहका लागि तोकिएका मतदान केन्द्रमा मतदान जारी छ । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये अहिलेसम्म ३ हजार ७५४ जनाले मतदान गरेका छन् ।
विवरणअनुसार कोशी प्रदेशमा १ हजार २०७ प्रतिनिधिमध्ये ६१३ जनाले मतदान गरेका छन् । त्यसैगरी, मधेस प्रदेशमा १ हजार २३४ प्रतिनिधिमध्ये ५९० जनाले मतदान गरेका छन् ।
यस्तै, सुदूरपश्चिम, कर्णाली तथा जनसम्पर्क समितितर्फका कुल २ हजार ४५७ प्रतिनिधिमध्ये ७३३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया जारी रहेकाले मत खस्ने क्रम अझै जारी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0