सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल
राष्ट्रिय समाचार समिति

असोज २३, २०८३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।
प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् । स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै जिल्लामा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो । कार्यक्रममा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए ।
यही असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको छनोट प्रक्रिया असोज १५ गते बझाङ, १६ गते डोटी र डडेल्धुरा तथा १७ गते अछाम र बाजुरामा पुगेको थियो । त्यसपछि असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको क्षमता मूल्याङ्कन गरिएको थियो । छनोटको अन्तिम चरण भने असोज २० र २१ गते धनगढी ओभलमा सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धदिङको गलौदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति