काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय फेरि दुई घण्टा थप गरिएको छ।
यसअघि ३ बजेदेखि ५ बजेसम्मको लागि समय तोकिएको थियो। तर ५ बजेसम्म पनि नसकिएपछि फेरि दुई घण्टा बढाएर ७ बजेसम्म थप गरिएको हो।
बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0