धदिङको गलौदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
पाविलन्युज

असोज २३, २०८३

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सडक भासिएपछि सवारी साधन सञ्चालन पूर्णरूपमा रोकिएको छ । शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो ।

सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए । उनका अनुसार जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त सडक खण्डमा सवारी साधनको आवतजावतमा रोक लगाएको हो ।

प्राविधिकहरूको टोलीले आएर स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ, थापाले भने ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धदिङको गलौदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो

सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ मा टेकराज थलाल

यो पनि पढ्नुहोस
पाविलन्युज