काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मतगणना सुरु हुँदै छ ।
उपसभापति पदका लागि खसेको मतपत्रको गणना शनिबार दिउँसो ३ बजेबाट हुने भएको हो ।
निर्वाचन समितिले उपसभापति र महामन्त्री पदका उम्मेदवारसँगको छलफलमा दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।
बैठकमा सहभागी महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले दिउँसो ३ बजेदेखि मतगणतना सुरु हुने जानकारी दिए ।
उनले उपसभापतिको अन्तिम नतिजा आइसकेपछि महामन्त्री पदका लागि खसेका मतपत्रको गणना हुने पनि जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0