धादिङको गलौंदीमा ‘ब्याक कटिङ’ गरी साँझसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने तयारी
पाविलन्युज

असोज २४, २०८३

धादिङ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन भासिएको खण्डको भित्तातर्फ कटान सुरु गरिएको छ । धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा सडक चौडा पारेर शनिबार साँझसम्म राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार शनिबार बिहानैदेखि स्काभेटर प्रयोग गरेर भित्तातर्फ कटान भइरहेको छ । थप समस्या नआए साँझसम्म सडक खुलाउने लक्ष्य रहेको उनले बताए ।

त्रिशूली नदीले सडकको नदीतर्फको भाग कटान गरेपछि गलौंदीमा करिब ६० मिटर सडकखण्ड प्रभावित भएको हो । सडक भासिएपछि थप क्षति हुन सक्ने जोखिमका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

No data was found

जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जनाएको छ । सडक भासिएको भागमा थप समस्या देखिएपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

पृथ्वी राजमार्ग हुँदै सामान्य अवस्थामा दैनिक १३ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । दसैं–तिहारजस्ता चाडपर्वका समयमा यो संख्या तेब्बरसम्म पुग्ने गरेको छ । चाडपर्वका बेला राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रु र सवारीचालक बढी प्रभावित भएका छन् ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले सम्बन्धित निकायले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
पाविलन्युज