नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौंः सभापति थापा
राष्ट्रिय समाचार समिति

असोज २४, २०८३

ललितपुर। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ ।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो ।
उहाँले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताउनुभयो । महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उहाँले सभापतिमा प्रतिस्पर्धा गर्नुभएका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति