धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५, गलौदी नजिक सडक भासिएको स्थानमा नयाँ डाइभर्सन निर्माणको काम धमाधम भइरहेको छ । त्रिशूली नदीको कटानले सडक नदीतर्फ भासिएर अवरुद्ध सडक खुलाउन भासिएकै सडकको कुनाबाट भित्ता काटेर नयाँ डाइभर्सन निर्माण गरिएको हो ।
नागढुंगा–मलेखु सडक खण्डको गलौदीमा सडकको आधा भाग करिव २० मिटर सडक भासिएर नदीतर्फ खसेको छ भने झण्डै ७० मिटर सडक चिरा परेको छ । चिरा परेको सडक समेत छिचोल्नेगरी करिब एक सय २० मिटर नयाँ डाइभर्सन बनाइदैछ ।
तस्बिरहरु : शंकर श्रेष्ठ-धादिङ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0













