एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान
पाविलन्युज

असोज २४, २०८३

धादिङ । नेकपा एमाले धादिङले धादिङबेसीमा कार्यकर्ताहरुबीच चाडपर्व विशेष शुभकामना आदानप्रदान गरेको छ । एमाले धादिङ क्षेत्र नम्बर २ समन्वय कमिटिले दशैं, तिहार,छठ लगायत राष्ट्रिय पर्वहरु लक्षित शुभकामना आदानप्रदान गरेको हो ।

चाडपर्व नजिकिदै गर्दा देशमा आइपरेको विपत्तिले कयौं परिवारमा शोक परेको र एमालेले पनि थुप्रै कार्यकर्ता बाढी तथा पहिरोमा गुमाउनुपरेको सम्झदै एमाले २ नम्बर क्षेत्रीय अध्यक्ष भक्त बहादुर लामिछाने शोकलाई शक्तिमा बदलेर पर्व मनाउन र पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

 

No data was found

कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा धादिङ इन्चार्ज भूमिप्रसाद त्रिपाठी, केन्द्रीय कमिटी सदस्य खेमप्रसाद लोहनी, क्रान्ति बुर्लाकोटी, जानुका सिम्खडालगायत नेताहरुले पनि चाडबाडको अवसरमा आयोजित यस कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच भाइचारा, सद्भाव र आपसी एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित नेताहरूले आगामी पर्वहरूको शुभकामना व्यक्त गर्दै संगठन सुदृढीकरणका विषयमा समेत आपसमा छलफल गर्नुभएको थियो ।

 

यससँगै एमाले नेताहरुले गत निर्वाचनमा ३५ वर्षसम्म केही नगरेको भ्रम फिजाँदै जनताको मत लिएर सत्तामा पुगेकाहरुले विपद्को समयमा नागरिकको पक्षमा काम गर्न नसकक्नेहरुको खोजी गरी सम्यंम भएर उनीहरुमाथी प्रश्न उठाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
पाविलन्युज