बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 
सम्बाददाता

असोज २४, २०८३

धादिङ । कृषकहरूको बजार सम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै कृषि उपजको प्रभावकारी बजारीकरण र दिगो जीविकोपार्जन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँच दिने कृषक बजार पाठशाला प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ।

 

No data was found

क्यानडियन फुडग्रेन्स बैंक, आड्रा नेपाल आार्थिक र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण (रिलिफ) परियोजना अन्तर्गत असोज १९ देखि २३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा धादिङ जिल्लाका गङ्गाजमुना र खनियाबास गाउँपालिकाका १० जना अगुवा कृषक तथा परियोजनाका ८ जना कर्मचारी गरी जम्मा १८ जनाको सहभागिता रहेको थियो।

तालिममा आड्रा नेपालका जीविकोपार्जन टीम लिडर कबिर रत्न स्थापित र परियोजना मेनेजर सुरज आचार्यले सहजीकरण गर्नु भएको थियो। तालिममा कृषक बजार पाठशालाको अवधारणा, कृषक समूहमा यसको प्रभावकारी सञ्चालन, बजारको माग र आवश्यकताको पहिचान, कृषि उपजको बजारीकरण तथा कृषकहरूको व्यावसायिक क्षमता अभिवृद्धिसम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।

कृषक बजार पाठशालाले कृषकहरूलाई उत्पादनमा मात्र केन्द्रित नभई बजारको मागअनुसार उत्पादन योजना बनाउन, कृषि उपजको उचित मूल्य प्राप्त गर्न, बजारसँगको सम्बन्ध विस्तार गर्न तथा कृषि व्यवसायलाई आम्दानीको दिगो स्रोतका रूपमा विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसले कृषकहरूलाई बजारसम्बन्धी जानकारी आदानप्रदान गर्न, व्यावसायिक योजना बनाउन र सामूहिक रूपमा बजारीकरणका सम्भावना खोज्न समेत प्रेरित गर्नेछ।

तालिमको महत्वपूर्ण पक्षका रूपमा सहभागी अगुवा कृषकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्ना कृषक समूहमा विस्तार गर्ने योजना बनाएका छन्। तालिम पश्चात् प्रत्येक अगुवा कृषकले सम्बन्धित समूहमा कृषक बजार पाठशालाका १० वटा सत्र सञ्चालन गर्ने योजना रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।

यसरी अगुवा कृषक मार्फत समूहस्तरमा नियमित सत्र सञ्चालन हुँदा स्थानीय कृषकहरूले आफ्नै अनुभव, अभ्यास र बजारसम्बन्धी जानकारीका आधारमा सिक्ने अवसर प्राप्त गर्नेछन्। साथै, कृषि उत्पादनको योजना, उत्पादन लागत, बिक्री प्रक्रिया, बजारको माग तथा आम्दानी वृद्धि सम्बन्धी विषयमा कृषकहरूबीच सामूहिक सिकाइ र अनुभव आदान प्रदानलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

रिलिफ परियोजनाले गङ्गाजमुना र खनियाबास गाउँपालिकाका कृषकहरूको जीविकोपार्जन सुधार, खाद्य सुरक्षा सुदृढीकरण तथा जलवायु उत्थानशील कृषि अभ्यास प्रवर्द्धनमा जोड दिँदै आएको छ। कृषक बजार पाठशाला सहजकर्ता प्रशिक्षण पनि कृषकहरूको क्षमता विकास गर्दै कृषि उत्पादनलाई बजारसँग जोड्ने र ग्रामीण परिवारको आयआर्जनका अवसर विस्तार गर्ने यसै प्रयासको एक महत्वपूर्ण गतिविधि हो।

कृषकको क्षमता अभिवृद्धि, बजारसँगको पहुँच विस्तार र व्यावसायिक कृषिको प्रवर्द्धनमार्फत आत्मनिर्भर तथा उत्थानशील समुदाय निर्माण गर्ने साझा लक्ष्यका साथ प्रयास नेपाल र आड्रा नेपालले आफ्ना गतिविधिहरू अघि बढाइरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बजार पहुँच र बजारीकरण क्षमता अभिवृद्धिका लागि पाँच दिने कृषक बजार पाठशाला 

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

मुख्यमन्त्री र नगर प्रमुखलाई सम्मान, पत्रकार थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार

नागढुंगा मलेखु सडक अन्तर्गत गलौदीमा यसरी हुँदैछ नयाँ डाइभर्सनको काम (तस्बिरहरु)

यो पनि पढ्नुहोस
सम्बाददाता