बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम
राष्ट्रिय समाचार समिति

असोज २५, २०८३

काठमाडौँ। बुढीगण्डकी बाढी जोखिम तहभन्दा माथि पुगेपछि बेनीघाटदेखि मुग्लिनसम्मको क्षेत्रमा बाढीको जोखिम बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बेनीघाट क्षेत्रमा अति उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानमा जान आग्रह गरेको छ।
चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

बाढीसम्बन्धी जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति