बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति
राष्ट्रिय समाचार समिति

असोज २५, २०८३

काठमाडौं । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखाका चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका क्याम्प, निर्माण उपकरण, पहुँच सडक तथा पुलमा क्षति गरेको प्रारम्भिक विवरण छ।

बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो।

बुढीगण्डकी आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको छ। दोभान खोला आयोजनाका क्याम्प क्षेत्रका केही घरमा क्षति पुग्नुका साथै बेलीब्रिज बगाएको छ। यारु खोला आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण बगाएको प्रारम्भिक विवरण छ।

No data was found

त्यस्तै, माछा खोला आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति