बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो
सम्बाददाता

असोज २५, २०८३

धादिङ । धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्‍याएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछी बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ ।

बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामका हवन कुण्डहरू मध्ये तीन वटा बगाएको र चार वटा मर्मत गर्नै नसकिनेगरी क्षति पुगेको धामका पीठाधीश डा। श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनुभएको छ । ब्रह्मचारीका अनुसार २९ वटा हवनकुण्ड थिए ।

No data was found

यो स्थान धादिङको त्रिपुरासुन्दरी गाउँपालिका(१, सल्यानटारको फेदीमा पर्छ । गत जेठमा भएको पुरुषोत्तम महामहोत्सवमा सात देशका नागरिक सहित ३३ लाख भक्तजनले दर्शन गरेका थिए । चार करोड ४४ लाख भेटी दानभेटी संकलन भएको थियो ।

बाढीको कटानले विद्यार्थीहरूले अध्ययन गर्ने आश्रम नजिकै पहिरो झरेको छ । पहिरोका कारण आश्रमसमेत जोखिममा परेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बूढीगण्डकी बाढी प्रभावितलाई खाद्यान्न लिएर पुग्यो त्रिपुरासुन्दरी गाउँपालिका

बुढिगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाम पनि डुबायो

बुढिगण्डकीको बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

बुढीगण्डकी बाढी : धादिङ र गोरखा जोड्ने आरुघाट पुल र क्षतिग्रस्त स्थलका (तस्बिरहरु)

बूढीगण्डकीमा आएको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

यो पनि पढ्नुहोस
सम्बाददाता