दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब ३० वर्षीय सञ्जीव मगर रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा सहचालक प्रदीप विकसमेत घाइते भएको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु२ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0