पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

शंकर श्रेष्ठ

असोज २६, २०८३

धादिङ। दसैंको किनमेलले भरिभराउ रहेको उत्तरी गोरखा र धादिङको मुख्य व्यापारिक केन्द्र आरुघाट बुढीगण्डकीको बाढीपछि सुनसान बनेको छ ।
असोज २५ गते बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुई जिल्ला जोड्ने आरुघाटको मोटरेबल पुल बगाएपछि बजारको चहलपहल प्राय बन्द भएको हो ।

चाडबाडको मुखमा खरिदबिक्री गर्ने मुख्य समयमै बजार सुनसान हुँदा स्थानीयवासी र व्यवसायीहरू चिन्तित छन् । हाल सवारी साधन र ढुवानी ठप्प भएपछि मानिसहरू जोखिम मोलेर झोलुङ्गे पुलबाट आउजाउ गर्न बाध्य छन् ।

आरुघाटस्थित विशालनगरबाट मात्रै बाढीअघि दैनिक ५० लाखबढीको खुद्रा कारोबार हुने गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष कृष्ण बहादुर खत्रीका अनुसार विशालनगरमा करिब दुई सय बाट पसल व्यवसायी संचालनमा छन् ।

No data was found

विशेषगरी गोरखाको आरुघाट, धार्चे र चुननुव्री गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी, गंगाजमुना गाउँपालिकासहित उत्तरी क्षेत्रका नागरिकले किनमेल गर्ने मुख्य बजार हो । खाद्यान्न, लत्ता कपडा, फर्निचर, सृङ्गार लगायत सम्पूर्ण चिजवस्तुहरुको किनमेल गर्न पाइने बजार आउजाउ गर्ने पुल भाँचिएपछि विटक वस्तीका साना व्यवसायीले गाउँसम्म सामान ढुवानी गर्न नपाउने भएका छन् ।

मजदुर लगाएर झोलुङ्गे पुलबाट बोकाएर सामान ल्याउने लाने गर्नुपर्दा महंगो पर्ने र उपभोक्ताको दशै झन महंगो पर्ने खतरा बढेको छ ।

यसअघि भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग जोड्ने मलेखु फुर्केखोलाको पुलसहित त्रिशूली नदीका मोटरेबल पुलहरू बगाएपछि तराइका जिल्लाहरुबाट मालसामान बोकेर धादिङ जिल्लाको सदरमुकाम आउजाउ गर्ने बैकल्पिक सडक पनि आरुघाटको पुलबसेसँगै बन्द भएको छ । आरुघाटको पुलले जोडेको गोरखा र धादिङबीचको यातायात सम्पर्क मात्रै होइन, सम्पूर्ण आपूर्ति व्यवस्था नै ठप्प हुन पुगेको छ ।

दसैंको मुखमा उत्तर र दक्षिण दुवैतर्फका मुख्य सडक र पुलहरू भत्कँदा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी ठप्प भएको छ । यथाशीघ्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन गर्न र क्षतिग्रस्त बस्तीको पुनःस्थापनामा जोड दिन स्थानीयले माग गरेका छन् ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले तत्काल यातायात सञ्चालन गर्न सडक डिभिजन कार्यालय हेटौँडाबाट बेलिब्रिजका लागि आवश्यक सामग्री ल्याइने बताए पनि अहिलेसम्म भौतिक रूपमा काम सुरु हुन सकेको छैन ।

 

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ