दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

सम्बाददाता

असोज २६, २०८३

धादिङ। धादिङको नीलकण्ठ नगरपालिका-३ धादिङबेशीमा रहेको एडभान्स एकेडेमीमा चाडपर्व बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा सोमबार विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई विजयादशमीको टीका र जमरा लगाई दक्षिणा दिएर चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खालीले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारबीच आपसी सद्भाव, एकता र आत्मीयता बढाउन सहयोग पुग्ने बताउनुभयो।

No data was found

यस्तै विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले विद्यार्थीलाई नेपाली चाडपर्वको महत्व, परम्परा र सांस्कृतिक मूल्य मान्यताबारे जानकारी गराउन यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दसैँ, तिहार र छठको अवसरमा एडभान्स एकेडेमीमा विशेष कार्यक्रम

पुल बगेसँगै आरुघाट बजार सुनसान, धादिङबेसीको आपूर्ति व्यवस्था ठप्प

बाढीसँगै बग्यो स्याउलीबजार सुकुम्बासी बस्तीको दशैं मान्ने सपना

मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान

यो पनि पढ्नुहोस
सम्बाददाता