ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

राष्ट्रिय समाचार समिति

असोज २७, २०८३

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।
ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।
जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो ।
  त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ ।
आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । २९  खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस नियमित महाधिवेशन पक्षधरले तोक्यो धादिङ १ को दुबै प्रदेशसभा संयोजक

कांग्रेस केन्द्रीय सदस्यमा धादिङबाट रिता र सिता विजयी

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति