वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

राष्ट्रिय समाचार समिति

असोज २७, २०८३

काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

No data was found

प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट रु दुई लाख ४८ हजार, नेहाले बेलायत पठाइदिने भन्दै रु ६७ लाख, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै रु छ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै रु पाँच लाख लिएको आरोप छ ।

चारै जनाले गरी रु ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेस नियमित महाधिवेशन पक्षधरले तोक्यो धादिङ १ को दुबै प्रदेशसभा संयोजक

कांग्रेस केन्द्रीय सदस्यमा धादिङबाट रिता र सिता विजयी

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई २८ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति