काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज जारी खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको दिए । उनले ६७ बलमा तीन चौका र एक छक्काको सहयोगमा ६१ रन बनाएका हुन् ।
त्यस्तै करण केसीले १६ बलमा ४० रन बनाए भने अर्जुन कुमालले पनि समान ४० रन नै बनाए । बसिर अहमद र इशान पाण्डेले समान ३७–३७ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।
बलिङतर्फ ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिए । त्यस्तै हस्नेन शाहले एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनीस्ट्री टर्फ–१ मा खेल भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0