मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

राष्ट्रिय समाचार समिति

अशोज २८, २०८३

हेटौँडा। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार नामावलीबाट हटाइएकामध्ये सबैभन्दा बढी एक हजार ९६४ जना मृत्यु भएका व्यक्ति छन् । सम्बन्धित वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको विवरणका आधारमा उनीहरूको नाम हटाइएको हो ।

त्यसैगरी, निर्वाचन आयोगको प्रणालीमार्फत विवरण परीक्षण गर्दा दोहोरो नाम दर्ता भएका एक हजार ५०२ जनाको नाम हटाइएको निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।

No data was found

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नेपाली नागरिकता परित्याग गरेका छ जनाको नामसमेत मतदाता नामावलीबाट हटाइएको छ । कार्यालयले नाम हटाइएका व्यक्तिको विवरण सार्वजनिक गर्दै त्यसउपर कुनै दाबीविरोध भए आवश्यक प्रमाणसहित सम्पर्क गर्न सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ । मतदाता नामावलीलाई त्रुटिरहित र अद्यावधिक बनाउन विवरण परीक्षण गरी नाम हटाइएको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले आगामी असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाता रहेका थिए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १० स्थानीय तह छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्ः ‘बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति