देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते

राष्ट्रिय समाचार समिति

अशोज २८, २०८३

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा भएका १५ वटा विपद्का घटनामा परी १० जना व्यक्ति घाइते भएका छन् ।

विपद्मा परी घाइते भएकाको स्थानीय स्वास्थ्य केन्द्र र सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ती घटनामा रु २६ लाख ३३ हजार बराबरको भौतिक क्षति भएको छ । त्यस अवधिमा देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश लगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मोरङ, सप्तरी, पाल्पा, सुर्खेत, कालीकोट र कञ्चनपुरमा सर्पदंशका घटना भएका छन् ।

No data was found

त्यस्तै मोरङ, धनकुटा, महोत्तरी, काठमाडौँ, कैलाली र कञ्चनपुरमा आगलागीका घटना भएका थिए । प्राधिकरणका अनुसार उक्त अवधिमा भएका विपद्का घटनाबाट मानवीय तथा पशुचौपायामा क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन तथा व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । मौसममा भइरहेको परिवर्तन तथा वर्षाजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विपद्का समयमा सावधानी अपनाउन र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके जनधनको क्षति कम गर्न सकिने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्ः ‘बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति