कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सम्बाददाता

अशोज २८, २०८३

धादिङ । धादिङको सिद्दलेक गाउँपालिकामा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ। कारितास नेपालको सहयोगमा प्रयास नेपाल, धादिङले गाउँपालिकालाई उक्त सामग्री उपलब्ध गराएको हो।

बुधबार एक कार्यक्रमका बीच प्रयास नेपालका अध्यक्ष बिरबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक दामोदर अर्यालले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीलाई सो सामग्री हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण गरिएका सामग्रीहरूमा बिरामी ओसारपसारमा प्रयोग हुने २० थान स्ट्रेचर, गर्भस्थ शिशुको मुटुको धड्कन जाँच्ने ६ थान डप्लर, १५ सेट स्टेथोस्कोप र रक्तचाप मापन यन्त्र रहेका छन्। यसैगरी ३० थान डिजिटल थर्मोमिटर, ५० बक्स सर्जिकल मास्क र १०० बक्स परीक्षण पञ्जासमेत गाउँपालिकालाई बुझाइएको छ।

No data was found

उपलब्ध गराइएका उपकरणले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा बिरामीको जाँच र उपचार प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ। यसले स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको उपलब्धता बढाउन र नागरिकलाई गुणस्तरीय सेवा पुर्याउन प्रत्यक्ष सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीले बताउनुभयो।

कारितास नेपालको सहयोगमा स्थानीय तहसँग समन्वय गर्दै विपद् प्रभावित समुदायको राहत, पुनःस्थापना र संरक्षणका क्षेत्रमा काम गरिरहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कारितास र प्रयास नेपालद्वारा सिद्दलेक गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

आरुघाटमा गाउँ जान हेलिकप्टर पर्खेर बसेका बालबालिका (फोटोकथा)

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

बूढीगण्डकी बाढीबाट बाँचेकाहरू भन्छन्ः ‘बाँच्छु होला जस्तै लागेको थिएन, तर बाँच्यौँ’

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

यो पनि पढ्नुहोस
सम्बाददाता