पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

राष्ट्रिय समाचार समिति

अशोज २९, २०८३

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन  एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ ।
थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।
त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।
छलफलमा भ्रमण दलमा रहनुभएका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गोरखा र धादिङ जोड्ने आरुघाटमा बेलिब्रिजको सामान आइपुग्यो, जडान सुरु हुन बाँकी

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति