गोरखा र धादिङ जोड्ने आरुघाटमा बेलिब्रिजको सामान आइपुग्यो, जडान सुरु हुन बाँकी

शंकर श्रेष्ठ

अशोज २९, २०८३

धादिङ । बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ । चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने भनिए पनि काम सुरु हुन सकेको छैन ।

हाल सडकको ‘बेस सर्फेस’ मिलाउने र बेलिब्रिजका लागि पेटी बनाउने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार पेटी तयार भएपछि मात्रै बेलिब्रिज जडान सुरु हुनेछ । बेलिब्रिजका लागि आवश्यक सामग्री कार्यस्थलमा आइपुगिसकेका छन् । तर, अहिलेकै गतिमा काम भए दशैँको टीकाअघि गाडी चल्ने सम्भावना न्यून छ ।

आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।

No data was found

तस्बिरहरूः शंकर श्रेष्ठ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गोरखा र धादिङ जोड्ने आरुघाटमा बेलिब्रिजको सामान आइपुग्यो, जडान सुरु हुन बाँकी

कांग्रेस महाधिवेशनअन्तर्गत जारी मतगणना आजै सकिनेः संयोजक खड्का

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ