नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

राष्ट्रिय समाचार समिति

अशोज ३०, २०८३

काठमाडौँ। क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर जिल्ला निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गर्नुभएको छ ।

उहाँले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गर्नुभएको हो । नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यम लगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गर्नुभएको थियो । विद्यावारिधी अघि उहाँले सृजना कलेज अफ फाइन आट्र्स, लाजिम्पाटबाट नृत्यमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भारतनाट्यम नृत्यमा स्नात्तोकत्तर गर्नुभएको हो ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

मतदाता सूची विवादमा दिल्लीका पार्क बन्द

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति