नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

राष्ट्रिय समाचार समिति

अशोज ३०, २०८३

काठमाडौँ। सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ ।

छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरुले सो धारणा राख्नुभएको हो ।

उहाँहरुले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगबाट किसानको समृद्धि सम्भव हुने दावी गर्नुभएको छ । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सरकारले कृषिको आधुनिकीकरण, कृषि बिमा, मलमा अनुदान र डिजिटल कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

No data was found

उहाँले कृषिमा नवप्रवर्तन, प्रविधिको प्रयोग, बजारसँगको पहुँच र मूल्यको उचित विश्लेषणले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले खाद्य उपभोगमा विविधता बढे पनि कुपोषण, खाद्य असुरक्षा र अस्वस्थकर खानपानको समस्या कायम रहेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन, खेतीयोग्य जमिनको क्षयीकरण, कृषि उत्पादन लागतमा वृद्धि र खाद्य आपूर्ति शृङ्खलामा आउने अवरोध नेपालको खाद्य तथा पोषण सुरक्षाका प्रमुख चुनौती बनेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनलाई कृषि र खाद्य सुरक्षाको भविष्यमा प्रभाव पार्ने प्रमुख चुनौतीका रूपमा चित्रण गर्नुभयो ।

सहसचिव श्रेष्ठले प्रतिहेक्टर वार्षिक ८७ टन माटो बगेर जाने गरेको उल्लेख गर्दै माटो संरक्षणलाई खाद्य सुरक्षा र दिगो कृषिको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

त्यसैगरी खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले व्यावसायिक कृषि तथा उत्पादन वृद्धिका लागि खेतीयोग्य जमिनको खण्डिकरण रोक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भोजपुरका सङ्गीता श्रेष्ठ प्रधान, सिरहाका हरिदेवी चौधरी, काभ्रेपलाञ्चोकका लक्ष्मी मुडभरी, लमजुङका केशकुमारी गुरुङ, गुल्मीका मिना ताम्राकार, दैलेखका कल्पनाकुमारी थापा भण्डारी र कैलालीका अमृता डगौरा तथा राससका सहसमाचारदाता भीष्मराज ओझालाई कदरपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

मतदाता सूची विवादमा दिल्लीका पार्क बन्द

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति