धादिङ । धादिङमा वैदिक विधिअनुसार पूजा गरेर फुलपाती भित्र्याइएको छ । जिल्लाको भैरवी मन्दिरमा बडाई गरेर नीलकण्ठ मन्दिर र भैरबी गुठी मन्दिरमा नियमित पुजापाठ गरी जिल्ला प्रशासन प्राङ्गढको दशैंघरमा फूलपाती भित्र्याएको हो ।
बिहान भैरवी मन्दिरमा पूजा गरेपछि नेपाली सेनाले बढाई गरेर बलि दिने चलन छ । बढाईमा धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम)सहित तीनै तहका सुरक्षा प्रमुखहरु सहभागी थिए ।
गोरखाबाट ल्याइएको फूलपाती धादिङसम्म गोरखाका पुजारीले, जीवनपुरसम्म धादिङका पुजारी तथा नेपाली सेनाले र जीवनपुरबाट पुजारी र काठमाडौँको हनुमानढोकासम्म हनुमानढोकाका पुजारीले फूलपाती लैजाने गरिन्छ ।
तस्बिरहरु : शंकर श्रेष्ठ
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0






