काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ । मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुग्नुभएको हो ।
कुमारी घरको प्रतिनिधिमण्डलले उहाँलाईस्वागत गर्नुभएको थियो । उहाँले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिनुभयो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्र प्रमुखसमक्ष पूजाको प्रसाद पुर्याउने परम्परा छ । राष्ट्र प्रमुखले पनि कोजाग्रत पूर्णिमाको दिन कुमारीको दर्शन गर्ने प्रचलन छ ।
यसैबीच मन्त्री गुरुङले तलेजु भवानीको दर्शन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0