संघीय सरकारले हात उठाओस् मलेखुमा हामी ‘फेरी’ बनाएर गाडी तार्छौंः अध्यक्ष ढुंगाना

पाविलन्युज

कार्तिक १, २०८३

धादिङ । संघीय सरकारले सकेनौं भनेर हात उठाए स्थानीय सरकारले मलेखुमा ‘फेरी’ हालेर भएपनि यातायात संचालनमा ल्याउने नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै मेयर ढुंगानाले भदौ १० गतेको बाढीले बगाएको मलेखु पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति कटाक्ष गरेका हुन् ।

बाढीले पुल बगाएपछि टुटेको धादिङबेसी र राष्ट्रिय राजमार्गको सम्बन्ध पुनः जोड्ने कुरामा ढुंगानाले जोड दिए । “बाढीले बगाएको मलेखुको पुल बनाउन संघीय र प्रदेश सरकारले हात झिके, हामी स्थानीय सरकार मिलेर फेरि बनाएर गाडी तार्छौ,” ढुंगानाले भने ।

No data was found

स्थानीय सरकारले आफ्नै लगानीमा बेलिब्रिज राख्ने आँट गर्न नसकेपनि पुरानो जमानाको फेरी निर्माण गरेर सवारी संचालन गर्न सक्ने भन्दै उनले भने, “मलेखुमा कमसेकम बेलीब्रिज राख्न सकिन्छ । हामी स्थानीय तहहरुले बेलीबृज राख्न त सक्दैनौं । तर फेरीसम्म राख्न सक्छौं ।”
“मलेखुमा राख्न मिल्ने पुल संसारमै नभएको त होइन होला” उनले कटाक्ष गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय धादिङ समाजले गर्यो धादिङका छ पत्रकारलाई सम्मान

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

मेयर ढुंगानालाई सांसद श्रेष्ठको प्रतिप्रश्न : अरु सरकार सबै फेल भैसकेको होर ?

संघीय सरकारले हात उठाओस् मलेखुमा हामी ‘फेरी’ बनाएर गाडी तार्छौंः अध्यक्ष ढुंगाना

यो पनि पढ्नुहोस
पाविलन्युज