मेयर ढुंगानालाई सांसद श्रेष्ठको प्रतिप्रश्न : अरु सरकार सबै फेल भैसकेको होर ?

पाविलन्युज

कार्तिक १, २०८३

धादिङ । संघीय सरकारको संसदीय सुनुवाई समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद (धादिङ–२) बोधनारायण श्रेष्ठले स्थानीय सरकारले पनि आफ्नो जिम्मेवारी पुरा नगरेको शंकेत गरेका छन् ।

एउटै कार्यक्रममा केहीबेर अघि नेपाल नगरपालिका संघका अध्यक्ष एवं् धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको कटाक्षलाई जवाफ फर्काउँदै श्रेष्ठले भने “सरकार तीन वटा छ । यो देशमा केन्द्र सरकार मात्रै हो ? अरु सरकार सबै फेल भैसकेको होर ? १० मिटरको पुल हाल्न पनि मै उभिनुपर्ने हो ?”

आफू केही नगरी संघीय सरकारलाई दोष स्थानीय सरकार गाली गलौजमा उत्रिएको शंकेत गरे । “ मेरो घर अगाडि बाटो पिँच भएन भनेर सरकार परिवर्तन भएको होइन, यो मत आएको पनि होइन । मेरो घर अगाडि बनेको बाटोमा भ्रष्टाचार भयो, सुशासन भएन, राजदुत किनबेच भयो भनेर यो सरकार परिवर्तन भएको हो । त्यसको ब्रेकथु्र हामीले गरेका छौं”, श्रेष्ठले भने ।

No data was found

२५ वर्षको हिसा जतिसुकै पुष्ट्याइ गर्दापनि अब जनताले हिसाब गर्ने उनले बताए । धादिङको ज्वालामुखी, नीलकण्ठ र सिद्दलेकको सिमानामा रहेको पुल बनाउने कुरामा वडाले समेत वास्ता नगरेको उल्लेख गर्दै श्रेष्ठले भने–“पैंतीस बर्षमा के के भयो त्यसको जवाफ जनताले दिनेछन्, पुल बनेकोमा हैन पुल बनाउदा भएको अनियमितताले गर्दा जनताले बिकल्प खोजेको हो ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय धादिङ समाजले गर्यो धादिङका छ पत्रकारलाई सम्मान

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

मेयर ढुंगानालाई सांसद श्रेष्ठको प्रतिप्रश्न : अरु सरकार सबै फेल भैसकेको होर ?

संघीय सरकारले हात उठाओस् मलेखुमा हामी ‘फेरी’ बनाएर गाडी तार्छौंः अध्यक्ष ढुंगाना

यो पनि पढ्नुहोस
पाविलन्युज