धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस)ले धादिङका छ जना पत्रकारलाई सम्मान गरेको छ । शनिबार धादिङबेसीमा सम्पन्न समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीसहित छ जना पत्रकारलाई सम्मान गरेको हो ।
त्यसैगरी अनलाइनखबरका सुदर्शन खतिवडा, कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, बाह्रखरी डटकमकी सरिता श्रेष्ठ, जापानमा रहेर पत्रकारिता गर्दै आएका राजन गौतम र नीलकण्ठ एफएमका रामकुमार थापा रहेका छन् ।
महाधिवेशनको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, सांसद बोध नारायण श्रेष्ठ, गंगादेवी श्रेष्ठ, पूर्वमन्त्री रामनाथ अधिकारी, नगरपालिका संघका अध्यक्ष एवं् नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानासहित नेताहरु सहभागी थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0