धादिङ । दसैं मनाउन काठमाडौंबाट गाउँ फर्कने क्रम जारी छ । तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन । ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ । राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ
होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन् । मलेखु आसपासका होटलमा यात्रुको संख्या बढी छ ।
मालबाहक ट्रकहरु फटफुट मात्रै छन् । यात्रु बोक्ने हायस, निजी कार र हरियो नम्बर प्लेटका सवारी धेरै देखिन्छन् । मोटरसाइकल र स्कुटरहरु ग्रुप ग्रुपमा चलिरहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0









