एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

राष्ट्रिय समाचार समिति

कार्तिक ३, २०८३

काठमाडौँ। नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ । नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्नेछन् । नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ । यसका लागि जततउकस्ररअयmउबिष्ल।लतअ।लभत।लउर मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ । उक्त प्रणालीबाट इन्टरनेट जडानको अनुरोध गर्नुका साथै सेवासम्बन्धी गुनासो पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

No data was found

टेलिकमले हालै एनटी फाइबरअन्तर्गत रु चार हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ । ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन् ।

इन्टरनेट सेवाको शुल्क, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

हिजोआज कस्तो छ पृथ्वीराजमार्गमा सवारी चाप ?

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति