सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

राष्ट्रिय समाचार समिति

कार्तिक ३, २०८३

काठमाडौँ। नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।

सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो । दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको भनी स्थानीय जनताका तर्फबाट सेनाको प्रशंसा गरिएको छ ।

No data was found

करिब २७ दशमलव ४३ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।

पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित

सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानविरुद्ध खेल्दै

हिजोआज कस्तो छ पृथ्वीराजमार्गमा सवारी चाप ?

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति