गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

राष्ट्रिय समाचार समिति

कार्तिक ४, २०८३

कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।

नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा। झपिन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो ।

यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो । प्रतिष्ठानले रु एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । “सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शय्या सञ्चालन गरेका छौँ । थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,” निर्देशक पोखरेलले भन्नुभयो ।

No data was found

गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं !

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

लागुऔषधसहित नौ जना पक्राउ

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति