धादिङ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
चाडपर्वहरू धार्मिक र सांस्कृतिक पर्व मात्र नभई सामाजिक एकता, आपसी भाइचारा र राष्ट्रिय पहिचानको मुख्य आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले शुभकामना सन्देशसंगै भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाएका छन् ।
विपद्मा परेका नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाएको सन्देशमा उल्लेख छ । प्रभावितहरूको जनजीवन चाँडै सामान्य अवस्थामा फर्काउन सरकार निरन्तर क्रियाशील रहेको पनि स्पष्ट पारेका छन् ।
“विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको जानकारी पनि यसै शुभकामना सन्देश मार्फत् जानकारी दिन चाहन्छुू, मुख्यमन्त्री थापा मगरले सन्देशमा भनेका छन् । यस घडीमा प्रदेश सरकार विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।”