बडा दसैँको टीका सुरु

राष्ट्रिय समाचार समिति

कार्तिक ५, २०८३

काठमाडौँ। विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो ।

विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।

No data was found

बिहान १०ः२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए ।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि समितिले तय गरेको थियो ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ ।

टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

टीका र आशिर्वादसँगै टीका थाप्ने र गन्तव्यतिर हिँड्नेको चहलपहल बढ्यो (तस्बिरमा हेर्नुहोस्)

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

गुरु पुरोहितबाट लगाए राष्ट्रपति पौडेलले दसैंको टीका र जमरा

बडा दसैँको टीका सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति